उवासंघ खैरहनीद्धारा डेढ लाख सहयोग

उवासंघ खैरहनीद्धारा डेढ लाख सहयोग

चैत २८ गते । चितवनको उद्योग वाणिज्य संघ खैरहनीले विपद राहत कोषलाई एक लाख ५१ हजार रुपैया सहयोग गरेको छ । खैरहनी नगरपालिकाले स्थापना गरेको सो कोषमा संघले १ लाख ५१ हजार सहित ५ सय थान माक्स समेत प्रदान गरेको संघका महासचिव कुमार खनालले वताए । संघका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले नगर प्रमुख लालमणी चौधरीलाई सो रकम बरावरको चेक र कोषाध्यक्ष रामेश्वर वर्तौलाले माक्स हस्तान्तरण गरे । नगरपालिकाले लिएको एकद्धार प्रणालीको निति आत्मसाथ गर्दै कोषमा रकम सहयोग गरेको संघका अध्यक्ष सापकोटाले वताए । नगर प्रमुख चौधरीले निजी संस्थाले देखाएको माया प्रति धन्यवाद दिदै विपदमा एकजुट हुन आवश्यक रहेको वताए । रकम हस्तान्तरणका अवसरमा नगर उपप्रमुख सुनिता थपलिया,प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा,वडाध्यक्षहरु रामशरण पाण्डे,भुमी प्रसाद कडेंलसहितको रोवहरमा संघका तर्फबाट अध्यक्षको नेतृत्वमा महासचिव कुमार खनाल,कोषाध्यक्ष रामेश्वर वर्तौला, सदस्यहरु जगतवहादुर पाण्डे, अर्जुन लम्साल, रामशरण कार्की , दिपेन श्रेष्ठ र विनोद अर्यालको उपस्थिती रहेको थियो ।