कोरोना भाइरस: विश्वभर ९६ हजार भन्दा बढीको मृत्यु, कति छन् संक्रमित ?

कोरोना भाइरस: विश्वभर ९६ हजार भन्दा बढीको मृत्यु, कति छन् संक्रमित ?

काठमाडौं,२८ चैत्र ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण समाचार तयार पार्दासम्म ९६ हजार ९४० जनाले ज्यान गुमाएका छन् । भने १६ लाख १७ हजार ५३० जनामा कोरोनाको संक्रमण देखिएको छ । साथै ३ लाख ६५ हजार ७९५ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

कोरोनाको महामारीबाट अत्याधिक प्रभावित देश इटालीमा अहिलेसम्म १८ हजार २७९ जनाले ज्यान गुमाएका छन् भने १ लाख ४३ हजार ६ सय २६ जनामा कोरोनाको संक्रमण पाइएको छ ।

त्यस्तै अर्को देश अमेरिकामा अहिलेसम्म १६ हजार ६ सय ९७ जनाको ज्यान गएको छ । भने ४ लाख ६८ हजार ८९५ जनामा संक्रमण पाइएको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म मृतकको संख्या १५ हजार ८४३ जनाको ज्यान गएको छ । भने १ लाख ५७ हजार २२ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै फ्रान्समा अहिलेसम्म १२ हजार २ सय १० जनाले ज्यान गुमाएका छन् । भने १ लाख १७ हजार ७४९ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै चीनमा अहिलेसम्म कोरोना भाइरसका कारण ३ हजार ३ सय ३६ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ९ सय जनामा संक्रमण देखिएको छ ।