मलेसियामा फेरि लम्बियो ‘लकडाउन’को अवधि ,अप्रिल २८ सम्म कायम रहने

काठमाडौं,२८ चैत्र ।

मलेसियामा लकडाउनको अवधि फेरि दुई हप्ता थपिएको छ । यसअघि १८ मार्चदेखि १४ अप्रिलसम्म तोकेको लकडाउनको अवधि दुई हप्ता थपेको हो । अब २८ अप्रिलसम्म मलेसियामा लकडाउन कायम रहनेछ ।

कोरोना सङ्क्रमण रोथामका लागि मलेसिया सरकारले मार्च १८ देखि नै लकडाउन जारी गरेको हो । त्यसैले यो अवधिमा लकडाउनको पालना गर्न पनि दूतावासले आग्रह गरेको छ ।

मलेसियामा पछिल्लो समय संक्रमितको सङ्ख्या बढ्दै गएको छ । अहिलेसम्म एक नेपालीलाई सङ्क्रमण देखिएको दूतावासले आधिकारीक जानकारी दिएको छ ।

वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका नेपालीलाई केही समस्या भएमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।