फ्रेन्च ओपन टेनिसको उपाधि १९ वर्षीया इगा लाई
प्रकाशित मिति: आइतबार, आश्विन २५, २०७७ | ११:४०:५४
काठमाडौं, २५ असोज
फ्रेन्च ओपन टेनिसको उपाधि पोल्याण्डकी १९ वर्षीया इगा शिवयोन्टेकले जितेकी छन् । पोल्यान्डकी १९ वर्षीया इगाले अमेरिकाकी सोफिया केनिनलाई ६–४ र ६–१ को सोझो सेटमा हराउदौ करियरको पहिलो ग्राण्डस्लाम उपाधि उचालिन् । फाइनल भिडन्तमा उनी एक सेट पनि हारिनन् ।
पहिलो ग्रान्डस्लाम उपाधि हासिल गरेकी स्वियाटेकले गत वर्षदेखि मात्र ग्रान्डस्लाम टेनिस खेल्न थालेकी हुन्। यसअघि तीनपटक ग्रान्डस्लाम प्रतियोगिता खेलेकी यी पोलिस खेलाडी कुनैमा पनि चौथो चरणभन्दा अगाडि बढ्न सकेकी थिइनन्।
प्रकाशित मिति : आइतबार, आश्विन २५, २०७७ |
११:४०:५४
1959