प्रदेशको नाम र राजधानीमा ऐतिहासिक सहमती – मन्त्री लामा

प्रदेशको नाम र राजधानीमा ऐतिहासिक सहमती – मन्त्री लामा

पुष २६ गते । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेशको नाम र राजधानीका विषयमा ऐतिहासिक सहमती भएको वताएका छन् । चितवनको राप्ती नगरपालिकामा साझेदारीमा निर्माण गरिएको पशु आहार उद्योगको उद्घाटन गर्दै मन्त्री लामाले नाम र राजधानीका विषयमा दलहरुबीच भएको ऐतिहासिक सहमतीले नयाँ सन्देश दिएको वताए । विभिन्न आन्दोलन,राजनितिक उपलव्धीमा दलहरु जसरी मिले,ठिक त्यसरीनै प्रदेशको नाम र राजधानीमा एक जुट भएका छन् मन्त्री लामाले भने – यस्तै सहकार्य समृद्ध नेपाल निर्माणमा गर्नुपर्छ । मन्त्री लामाले प्रदेशको नाम र राजधानीको विषयमा भोली संसदको हुने मतदानमा सवै मत एकै तर्फ हुने विश्वास समेत व्यक्त गरे । यद्यपी शनिवार विवेकशील साझा पार्टीले प्रदेशको राजधानी काभ्रे हुनु पर्ने भन्दै प्रस्ताव दर्ता गराएको छ । संघीयता पछि जनताले विकासको अनुभुती दिलाउन राप्तीमा निर्माण गरिएको दाना उद्योग उदारहणको रुपमा रहेको वताए ।