दुई हजारदेखी १ लाख लिटर दुध विक्री गर्ने किसान सम्मानित

दुई हजारदेखी १ लाख लिटर दुध विक्री गर्ने किसान सम्मानित

पुष २६ गते । पूर्वी चितवनमै सर्वाधिक दुध संकलन गर्दै आएको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना ३२ जना कृषकहरुलाई सम्मान गरेको छ । शनिवार सम्पन्न संस्थाको २२ औं वार्षिक साधारण सभाका अवसरमा वार्षिक २ हजार लिटरदेखी १ लाख २२ हजार लिटर सम्म दुध विक्री गर्ने ३२ जना कृषकहरुलाई विभिन्न विद्यामा नगदसहित प्रसंसा पत्रले सम्मान गरेको हो । सो संस्थामा गत आर्थिक वर्षमा राप्ती ६ स्थित दनाई गाई फर्मबाट १ लाख २२ हजार २१९ लिटर दुध विक्री भएको थियो । फर्मका संचालकहरु नेत्रमणी दनाई र नीलकण्ठ दनाईसहित ३२ जना कृषकहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा,राप्ती नगरपालिका उपमेयर इमानसिंह लामा,केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका सदस्य वालकृष्ण उप्रेती,संस्थाका अध्यक्ष डिल्ली प्रसाद थपलियाले प्रसंसा पत्र र नगद प्रदान गर्दै सम्मान गरेका थिए । त्यस्तै २ जना विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै संस्थाबाट अवकास प्राप्त कर्मचारी रुद्र प्रसाद गौतमलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष डिल्ली प्रसाद थपलियाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा दशै खर्च वापत प्रति लिटर दुई रुपैया,जेष्ठ शेयर सदस्य भत्ता र एकल महिलालाई उत्प्रेरणा खर्च प्रदान गरिएको वताए । कार्यक्रममा राप्ती नगरपालिका उपमेयर इमानसिंह लामा,केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका सदस्य बालकृष्ण उप्रेती, दुग्ध सहकारी संघका जिल्ला अध्यक्ष रत्नमणी न्यौपाने,शेयर सदस्य प्रकाश पाठक,जनमुखी वहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष पूर्ण वहादुर थापा,सहकारीका सचिव रामचन्द्र हुमागांई लगायतले मन्तव्य राखेका थिए । संस्थाको छैठौ अधिवेशनको निर्वाचन प्रक्रिया भने आईतवारदेखी सुरु हुने निर्वाचन समिति संयोजक शैलेन्द्र भण्डारीले वताए ।