आज देशभर थपिए १ हजार ९ सय ४५ जना कोरोना संक्रमित, २२ जनाको मृत्यु, मृतकको संख्या १२९८ पुग्यो
प्रकाशित मिति: शुक्रबार, मंसिर ०५, २०७७ | १६:२१:३२
काठमाडौं,५ मंसिर ।
पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख १५ हजार ९ सय ६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना थप २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ३ सय ४० जनाको पीसीआर परीक्षण गर्दा ७ सय ४० महिला र १ हजार २ सय ५ जना पुरुष गरी १९४५ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ६४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ जना रहेको छ ।
नेपालमा निको भएको दर ८८ प्रतिशत पुगेको छ । सक्रिय संक्रमितको संख्या २४६६५ रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ०५, २०७७ |
१६:२१:३२
947