चितवनको रत्ननगरमा शंकास्पद बस्तु फेला
प्रकाशित मिति: आइतबार, मंसिर ०७, २०७७ | ११:१६:१६
चितवन, ७ मंसिर ।
चितवनको रत्ननगर टांडी बजारमा शंकास्पद बस्तु फेला परेको छ । जिल्लाको रत्ननगर नगरपालिका २ टांडी बजार स्थित निर्माणाधिन आकाशे पुलमा उक्त वस्तु भेटिएको बताइएको छ।
उक्त वस्तुको आकारप्रकारबारे बताइएको छैन। शंकास्पद बस्तु भेटिएको क्षेत्रलाई अहिले सिल गरिएको ईलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ।
पुलमा विप्लव समुहको ब्यानरसहित दुईवटा शंकास्पद वस्तु भेटिएको हो ।
उक्त वस्तु विस्फोटक पदार्थ हो वा अन्य कुनै भनी यकिन नभएकाले नेपाली सेनाको डिस्पोजल टोली त्यस्ततर्फ हिँडेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरिक्षक रविन कार्कीले बताए ।
शंकास्पद वस्तु भेटिएपछि पुल वरपर आवतजावत बन्द गरिएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ०७, २०७७ |
११:१६:१६
1299