चितवनको रत्ननगरमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गरियो
प्रकाशित मिति: आइतबार, मंसिर ०७, २०७७ | ११:४५:४९
चितवन,७ मंसिर ।
चितवनको रत्ननगर टांडी बजारमा फेला परेको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । बिहान टांडी बजार स्थित निर्माणाधिन आकाशे पुल तल भागमा तिनवटा शंकास्पद वस्तु भेटिएको थियो ।
ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरिक्षक रविन कार्कीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम निश्क्रिय पारेको हो ।
पुलमा विप्लव समुहको ब्यानरसहित तिनवटा शंकास्पद वस्तु भेटिएको हो ।शंकास्पद वस्तु भेटिएपछि पुल वरपर आवतजावत बन्द गरिएको थियो ।
प्रकाशित मिति : आइतबार, मंसिर ०७, २०७७ |
११:४५:४९
1233