पर्साको एक पोल्टीफार्ममा आगलागी हुँदा १२ लाख मूल्य बराबरको क्षति

पर्साको एक पोल्टीफार्ममा आगलागी हुँदा १२ लाख मूल्य बराबरको क्षति

वीरगञ्ज,२८ माघ ।

पर्सामा पोल्टीफार्ममा आगलागी हुँदा १२ लाख मूल्य बराबरको क्षति भएको छ । विन्दबासिनी गाउँपालिका–४ मधुवलस्थित सचिन पोल्टी फर्ममा आगलागी भएको हो ।

स्थानीय लालझडी देवीले सञ्चालन गरेको पोल्टी फार्ममा बिजुलीको तार सर्ट भई आगलागी भएको अनुमान प्रहरीले गरेको छ ।

सोमबार साँझ साढे ६ बजेतिर आगलागी हुँदा पोल्टी फार्ममा राखिएको ग्यास सिलिण्डर ३ थान, दाना खाने फिडर सानो ४० थान, ठूलो ४० थान, कुखुराले पानी खाने भाँडो सानो ३० थान, ठूलो ३० थान, १ दिने चल्ला १२ सय, २५ दिने कुखुरा ९ सय, दाना २० बोरा १० क्विन्टल , सिलिङ पङ्खा १८ वटा र मिटर बक्स १ पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

प्रहरी चौकी अमरपटी पर्सा, दमकल र स्थानीयको सहयोगमा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट अन्दाजी १२ लाख मूल्यबराबरको क्षति भएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी वीरेन्द्र शाहीले जानकारी दिए ।