राप्तीमा ९ महिने वाख्रालान कृषक पाठशाला सुरु

राप्तीमा ९ महिने वाख्रालान कृषक पाठशाला सुरु

माघ २८ गते । राप्ती नगरपालिकामा पहिलो पटक वाख्रापालन कृषक पाठशाला मंगलवार सुरु भएको छ । बागमती प्रदेशको ४ जिल्लामा लागू भएको यो कार्यक्रम राप्ती नगरपालिका वडा नम्वर १२ यौरालीटारमा सुरु भएको हो । ९ महिना सम्म चल्ने कार्यक्रममा कृषकहरुको गोठ,खोरमा नविनतम विधी सिकाईने राप्ती नगरपालिका पशु सेवा शाखा प्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिए । यो पाठशालाबाट वाख्रापालनको तुलनात्मक अध्ययन गरि राम्रा नतिजाहरु कृषकहरुमा लागू गर्दै जाने उनले वताए । यो कार्यक्रमका लागि त्यस क्षेत्रका ५,५ जनाको ५ वटा समुह वनाईएको छ । कुल वहादुर तामाङको अध्यक्षता तथा राप्ती नगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष अर्जुन चेपाङको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजना विकेन्द्रिकरण आयोजना सहयोग इकाईका प्रमुख डाक्टर विदुर प्रसाद गौतम लगायतको सहभागीता रहेको थियो ।