बेलायतकी स्वास्थ्यमन्त्री डोरिसलाई कोरोना संक्रमण
प्रकाशित मिति: बुधबार, फाल्गुण २८, २०७६ | ११:१४:३४
काठमाडौं,२८ फागुन।
वेलायतकी स्वास्थ्य मन्त्री एवम् कन्जरभेटिभ पार्टीकी सांसद नदिन डोरिसलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य मन्त्री डोरिसले आफूलाई कोरोना भाइरसको संक्रमण भएको स्वयम् नै जानकारी दिएकी हुन्।
आफूलाई कोरोना भाइरस संक्रमण भएको थाहा पाएपछि अहिले घरमै क्वारेन्टाइन बसेको डोरिसले बताइन्। उनले कोरोना भाइरस संक्रमण पत्ता लागेपछि आफूलाई चिकित्सकले दिएको सल्लाहअनुसार पर्याप्त सावधानी अपनाइरहेको पनि बताइन्।
डोरिस कोरोना भाइरस संक्रमण हुने पहिलो वेलायती सांसद हुन्। वेलायतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३८२ जना संक्रमित देखिएका छन्। एजेन्सीहरूबाट
प्रकाशित मिति : बुधबार, फाल्गुण २८, २०७६ |
११:१४:३४
1761