पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

काठमाडौं,२८ फागुन ।

निवर्तमान सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाको निवासमा कुकर बम विस्फोट भएको छ ।

बाँस्कोटा बस्दै आएको लोकन्थलीस्थित निर्माणाधीन घरमा बम विस्फोट भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

बम विस्फोटबाट घरको भुइँ तलामा क्षति पुगेको छ भने झ्यालका सिसा फुटेका छन् । कम्पाउन्डको पर्खाल ढलेको छ ।

निवर्तमान मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका थिए । बिहान ७ बजे नै उनको घरमा बम विस्फोट भएको बताइएको छ ।