कोरोना आतंकः अष्ट्रेलियामा रहेको नेपाली दुताबासले गर्यो यस्तो अपिल

कोरोना आतंकः  अष्ट्रेलियामा रहेको नेपाली दुताबासले गर्यो यस्तो अपिल

सिड्नी,२८ फागुन।

अष्ट्रेलियामा पनि कोरोना भाइरस तीब्ररुपमा फैलिएको छ । नेपालबाट वर्षेनी हजारौँको संख्यामा अष्ट्रेलिया अध्ययनका लागि विद्यार्थीहरु जाने गरेका छन् । केही दिन अगाडि एक जना नेपाली विद्यार्थीमा पनि कोरोना भाइरस देखिएको पुष्टि भएको थियो । अष्ट्रेलियास्थित नेपाली राजदूतावासले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सतर्क र सजग रहन आग्रह गरेको छ । कोरोना भाइरस तीब्र रुपमा फैलिएसँगै नेपाली राजदूतावासले नेपाली समुदायलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।