सरकारद्वारा टुटल र पठाओमाथि रोक, यात्रु बोके कारवाही
काठमाडौं,२८ फागुन ।
यातायात व्यवस्था विभागले निजी प्रयोजनका लागि दर्ता भएका सवारी भाडामा प्रयोग गरे कारबाही गर्ने भन्दै अर्को सूचना निकालेको छ। मंगलबार विभागले पुनः निजी सवारी भाडामा प्रयोग गरेको पाइएमा कारबाही गर्ने भन्दै सूचना प्रकाशित गरेको हो।
उक्त सूचनाले टुटल पठाओ जस्ता राइड सेयरिङ गर्ने सवारीका साधनलाई प्रत्यक्ष असर पर्ने देखिन्छ ।
उक्त सूचनामा भनिएको छ, “विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरु आफूखुसी भाडा तोकी सार्वजनिक सवारीका रुपमा प्रयोग गर्दा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ का दफा १२ को उपदफा १ मा भएको ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अन्य प्रयोजनका निम्ति प्रयोग गर्न नपाइने’ भन्ने व्यवस्था विपरीत हुन जाने हुँदा तेसो गरेको पाइएमा सोही ऐन बमोजिम कारबाही गरिने र सो सम्बन्धमा यस विभाग, मातहत निकाय तथा अन्य सम्बन्धित निकायबाट कडाइका साथ अनुगमन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”