
काठमाडौं, २८ फागुन ।
विश्वको एकमात्र पोथी सेतो जिराफ र उक्त जिराफको बाछोलाई उत्तर -पूर्वी केन्यामा अवैध शिकारीहरूले मारेका छन् ।रेन्जर्सहरुले सेतो जिराफ र उसको बाछोको क्षतविक्षत शव गारिसा गाउँमा फेला पारेका थिए । मारिएका पोथी जिराफबाट जन्मिएको त्यो भाले जिराफ संसारमा अब एक्लो भएको छ। यसअघि सन् २०१६ मा तान्जेनियामा सेतो जिराफ भेटिएको भनिएको थियो। तर अहिले उसको अवस्था थाहा छैन।
संरक्षणवादीहरुले सेतो जिरापको एक मात्रै पोथी र बाछो मार्ने कार्यलाई ‘दुर्लभ र अनौठो प्रजातिहरुलाई संरक्षण गर्न भन्दै समुदायले उठाएका सशक्त कदममाथिको प्रहार’ भनेका छन् ।
योसँगै हाल विश्वमा एउटा मात्रै सेतो जिराफ बाँकी रहेको छ । बाँकी रहेको उक्त भाले सेतो जिराफ मारिएको पोथीबाट जन्मेको थियो ।
‘समग्रमा इजारा र केन्या समुदायका लागि यो अत्यन्त दुःखको दिन हो’, रिजर्वका प्रबन्धक मोहम्मद अहमदनूरले भने, ‘हामी विश्वमा एक मात्र समुदाय हौं जसले सेतो जिराफलाई संरक्षण गरिरहेका थियौं ।’
‘आनुवांशिक अध्ययन र अनुसन्धानमा यो एक दीर्घकालीन घाटा हो, यसका लागि अनुसन्धानकर्ताहरूले महत्वपूर्ण लगानी गरेका थिए, जो अहिले नालामा गएको छ’, अहमदनूरले थपे ।
हत्यालाई “समुदायले दुर्लभ र अनुपम प्रजातिहरूको संरक्षणका लागि लिएका ठूला कदमहरू” का साथै “संरक्षण प्रयासलाई निरन्तर समर्थनको लागि जगाएको आह्वान” को रूपमा वर्णन गरिएको छ ।
जिराफको यो प्रजातिको रंग पूर्ण सेतो हुने गर्छ । शरीरमा रहेको लिउसिज्म नामक एक दुर्लभ अवस्थाका कारण जिराफको छालाको कोष सधैँ सेतो हुने गर्छ ।
तर एक मात्रै जिवित पोथी मारिएपछि सेतो जिराफ विश्वबाट लोप हुने अवस्थामा पुगेको छ । साथै यसले केन्याको पर्यटन क्षेत्रमा पनि असर पार्ने देखिन्छ ।