इटालीमा कोरोना संक्रमणको संख्या बढ्दै, संक्रमितको संख्या १० हजार नाघ्यो

इटालीमा कोरोना संक्रमणको संख्या बढ्दै, संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं,२८ फागुन ।

विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड(१९)का संक्रमितको संख्या इटालीमा १० हजार नाघेको छ। पछिल्लो विवरणअनुसार चीनपछि सबैभन्दा धेरै इटालीमा १० हजार १ सय ४९ जनालाई कोरोना संक्रमण भएको छ भने ६ सय ३१ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै दक्षिण कोरियामा ७ हजार ७ सय ५५ जनालाई कोरानो संक्रमण भएको छ भने ६१ जनाको मृत्यु भएको छ। विश्वभर १ लाख १९ हजार २ सय ९२ लाई कोरोनाका संक्रमण भएको छ भने ४३ सयको मृत्यु भएको छ।

६६ हजार ५ सय ८२ जना निको भएर घर फर्किएका छन्। विश्व स्वास्थ संगठनले यसअघि मृत्युदर ४ प्रतिशतमात्रै भनेको भए पनि अहिले ६ प्रतिशत पुगेको छ।