चितवनमा चोरीमा सलग्न ६ जना पक्राउ

चितवनमा चोरीमा सलग्न ६ जना पक्राउ

चितवन,२८ फागुन   ।

चितवनको भरतपुर २ मा नगद र धनमाल गरी करिव १५ लाख चोरीमा सलग्न ६ जनालाई प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । भरतपुर २ वेलटाँडी निवासी मन्जु खाँडको घरमा फागुन २३ गते चोरी भएको थियो ।

पक्राउ पर्नेमा ५ जना भारतीय र एक जना नेपाली नागरीक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ पर्नेहरुमा भारत मोतिहारीका १८ वर्षिय नेहाल तिवारी, भारत पूर्वी चम्पारणका १९ वर्षिय राजन उपाध्यापय, अंचल अरेराज जिल्लाका २० वर्षिय विक्की भनिने सोनुकुमार पाण्डे, भारत मोतिहारीकै १९ वर्षिय रितिक रोशन, मोतिहारीकै २० वर्षिक्ष् विक्की कुमार गुप्ता, र पर्सा बीरगंग महानगरपालिका १६ वस्ने २५ वर्षिय राजकुमार गुप्ता रहेका छन् । उनीहरुको साथबाट सुनको औठी एक थान, नथिया १ थान, विन्दिया १ थान, जिउटिया ३ थान, मंगलसुत्र एक थान, सानो नथुनी ८ थान, फुली एक थान, पाउजु ४ जोर, मोवाई २ थान बरामद भएको प्रहरीले जनाएको छ

। पक्राउ परेकाहरुलाई डाँका चोरी मुद्या दर्ता गरि अनुसन्धान अगाडी वढाईएको छ । पक्राउ परेका मध्ये नेहाल तिवारी, राजकुमार उपाध्याय, विक्की भनिने सोनु कुमार पाण्डे, ,विपुल भनिने रितिक रोशन , विक्की कुमार गुप्तालाई ५ वर्ष देखी १० वर्ष सम्म कैद,५० हजार देखी १ लाख सम्म जरिवाना हुने कानुनमा उल्लेख छ । चोरीको धनमाल खरिद गर्ने राजकुमार गुप्तालाई आरोवित भएको प्रमाणित भए ५ वर्ष कैद वा ५० हजार जरिवना वा दुवै सजाय हुनेछ । ।

यसैगरि चितवन प्रहरीले सट्टेवाजी गरेको आरोमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया घर भई हाल भरतपुर ३ वस्ने ३० वर्षिय अनिल शाह सोनी रहेका छन् । राष्ट्रिय तथा अन्र्तराष्ट्रि खेलहरुमा चितवनका विभिन्न ठाउँका मानिसहरुले लुकीछिपी रुपमा सट्टेबाजी गरि रहेको भन्ने सुचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले सामाजिक सञ्जाल तथा मोवाईल मार्फत पैसाको हारजित हुने गरि सट्टेवाजी खेल्ने तथा खेलाउने गरेको खुल्न आएको छ ।