चितवनको खैरहनीबाट लागू औषधसहित एक जना पक्राउ

चितवनको खैरहनीबाट लागू औषधसहित एक जना पक्राउ

फागुन २८ ।

चितवनको खैरहनीबाट लागू औषधसहित एक जना पक्राउ परेका छन् । लागू औषध कारोवार गर्न लागेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय टाँडीबाट खटेको प्रहरी टोलीले बारा घर भई हाल राप्तीको भण्डारामा डेरा गरि वस्ने गुरु प्रसाद चौधरीलाई लागू औषधसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार चौधरी पुर्व शशस्त्र प्रहरीका जवान हुन् ।

 

खैरहनीको चैनपुर चोकमा रहेको प्रतिक्षालय अगाडी उनको स्कुटरमा चेक गर्दा डिक्की भित्र राखेको नाईट्रोभेट १० लेखिएको लागू औषध २७० थान ट्यावलेट बरामद भएको थियो । चौधरीलाई जिल्ला अदालतबाट म्याद थप गरि लागू औषध कसुरमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक शेखरकुमार शाहले वताए । यस्तै रत्ननगर २ वुढीकुलोबाट लागू औषध नाईट्रोभेट १० सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर १ का मनोज महतो र रत्ननगर ४ का सुजन महतो छन् । उनीहरुका बारे पनि म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।