२२ कैदीबन्दी धादिङ कारागारबाट छुटे

२२ कैदीबन्दी धादिङ कारागारबाट छुटे

धादिङ,२९ चैत्र ।

जिल्ला अदालतको आदेशमा धादिङ कारागारबाट २२ कैदीबन्दी रिहा भएका छन्। कारागारमा रहेका २ जना बालकसहित २२ कैदी बन्दीलाई रिहा गरिएको छ।

सार्वजनिक मुद्दा, अभद्र व्यवहारजस्ता सामान्य प्रकृतिका घटनामा संलग्न भई हिरासतमा रहेकालाई रिहा गरिएको जिल्ला कारागार शाखा प्रमुख गंगाराम योगीले बताए।

उनीहरुलाई कोभिड–१९ को संक्रमण भए अवस्था जटिल बन्न सक्ने कारण कैदी संख्या घटाउन रिहा गरिएको प्रमुख गंगाराम योगीले जानकारी दिए। चार महिला तथा १८ पुरुष र यसबाहेक आश्रित दुई बालबालिकालाई पनि आमाबाबुसँंगै छाडिएको हो। कारागारमा गत आइतबारदेखि आफन्तहरुसँग कैदीको भेटघाट बन्द गरिएको छ। एक सय २५ जना क्षमता रहेको जिल्ला कारागारमा अहिले ३ सय ३० जना कैदीबन्दी छन्।