स्याङजाको वालिङमा राहत वितरण गर्दा फोटो र भिडियो खिच्न प्रतिबन्ध

स्याङजाको  वालिङमा राहत वितरण गर्दा फोटो र भिडियो खिच्न प्रतिबन्ध

स्याङजा,२९ चैत्र ।

राहत वितरणको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि वालिङ नगरपालिकाले राहत वितरणको समयमा फोटो खिच्न प्रतिबन्ध लगाएको छ। लकडाउनले प्रत्यक्ष मारमा परेका दैनिक ज्याला, मजदुरी गर्ने अति विपन्न परिवारलाई वितरण गरिएका बेला खिचिएको फोटो सामाजिक सञ्जालमा लगाउँदा उनीहरुलाई पर्ने असरलाइ मध्यनजर गर्दै यस्तो निर्णय गरिएको नगरप्रमुख दिलिपप्रताप खाँणले बताए। उनीहरुको आत्मसम्मानमा ठेस नपु¥याउने भन्दै राहत वितरण गरिएको तस्बिर र भिडियो सामग्री सामाजिक सञ्जालमा राख्न प्रतिबन्ध लगाइएको उनले बताए।

‘संक्रमणकालीन समयमा प्रचार गर्नुभन्दा वास्तविक विपन्न परिवारले राहत प्राप्त गरे कि गरेनन् प्राथमिकताको विषय त्यो हो,’ नगरप्रमुख खाँणले भने,‘राहत वितरणलाइ सहज बनाउन कुपन प्रणाली लागु गरेका छौँ। पारिवारिक संख्याको आधारमा १५ दिनलाई पुग्ने खाद्यान्न नजिकको पसलबाट कुपन देखाएर प्राप्त गर्न सकिनेछ।’ वालिङ नगरपालिकाले रहात वितरण गर्न सम्बन्धित वडाको वडाध्यक्षको संयोजकत्वमा १ हजार ९४६ घरधुरी पहिचान गरेको छ।

उनीहरुलाई पहिचान गर्न मापदण्ड तयार गरिएको र सोहीअनुसार अति विपन्न र दैनिक ज्याला मजदुरी गर्ने घर परीवार छुट्टयाइको हो। नगरपालिकाले वितरण गरेको राहतमा नगरमानै उत्पादन भएको हरियो तरकारीसहित चामल, नुन, दाल, साबुन र तेल रहेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले बताए।