साउदी अरेबियाको भिसा सकिएकाहरुको भिसा अवधि तीन महिना थपिने

साउदी अरेबियाको भिसा सकिएकाहरुको भिसा अवधि तीन महिना थपिने

साउदी,२९ चैत्र

साउदी अरेबियाको भिसा फेब्रुअरी २५ देखि मे २४ सम्म सकिएकाहरुको भिजा निशुल्क तीन महिनाका लागि बढाएको छ ।

साउदी अरेबियाको प्रेस एजेन्सीले यस सम्बन्धी जानकारी दिएको हो । साउदी अरेबियामा कोरोना भाइरसको संक्रमण रोक्नका लागि कर्फ्यूसहितका नियम लागु गरेको छ ।

ठूला शहरमा कर्फ्यू लागेको छ भने अरु स्थानमा भ्रमणमा प्रतिबन्ध लगाइएको छ। भिसा अवधि थप्नका लागि कार्यालय कुनै कार्यालय जानु नपर्ने साउदी अरेबियाले जनाएको छ ।