खैरहनीमा दोश्रो चरणको राहतको तयारी

खैरहनीमा दोश्रो चरणको राहतको तयारी

चितवन, २९ चैत  ।

लकडाउन प्रभावकारी वनाउने र यसको समय थपिए पुन राहत दिने विषयमा खैरहनी नगरपालिकाले सरोकारवालासंग छलफल गरेको छ । नगर प्रमुख लालमणी चौधरीको आह्वानमा शनिवार विहान सर्वपक्षिय छलफल भएको हो । छलफलमा राजनितिक दलका प्रमुखहरुले लकडाउन अझ वढि प्रभावकारी वनाउन र पुन लकडाउनको समय थपिए राहत वितरणमा गुनासो आउन नदिन सुझाव दिए । नेकपाका तर्फबाट नगर अध्यक्ष लक्ष्मी ढकाल र नेपाली काग्रेशका तर्फबाट नगर सभापति शशिकुमार खनियाँ छलफलमा सहभागी थिए । छलफलमा खैरहनीका मेयर लालमणी चौधरीले अत्यावश्यक काम वाहेक वाहिर निस्कनेविरुद्ध कडाई गर्नु पर्नेमा जोड दिए । परिवन्धमा परेकालाई सहजीकरण गरेर सजिलो वनाउने हो मेयर चौधरीले भने – जथाभावी हिड्नेलाई कडाई हुनुपर्छ । मेयर चौधरीले सरकारले पुन लकडाउनको समय थप गरे राहत वितरणका लागि नगरपालिकाले कन्ज्युस्याई नगर्ने स्पष्ट पारे । इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले वहानवाजी गरेर वाहिर निस्कने विरुद्ध प्रहरीले कडाई गरेको वताए । अत्यावश्यक काममा निस्केकोलाई सहज वनाएको तर अनावश्यक हिड्नेलाई बाईक नियन्त्रणमा लिनेदेखी मान्छे होल्ड गरेर राखेको वताए ।

छलफलमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले वैशाख ३ गतेपछि लकडाउन थप हुन सक्ने भएकाले राहतको तयारीमा जुटेको जानकारी गराए । खैरहनी नगरपालिकाले पहिलो चरणमा नगर भित्रका ३ हजार ६ सय ५९ घरपरिवारलाई राहत वितरण गरिसकेको छ । छलफलमा उपमेयर सुनिता थपलिया,वडाध्यक्षहरु रामशरण पाण्डे,भुमी प्रसाद कडेंल,टिकादत्त इटनी,मनेजर महतो,उद्योग बाणिज्य संघ खैरहनीका महासचिव कुमार खनाल,चितवन उद्योग संघ खैरहनी इकाई अध्यक्ष प्रतिभा श्रेष्ठ,नेपाल चेम्वर अफ कमर्स खैरहनीका अध्यक्ष प्रकाश श्रेष्ठ,नेपाल रेडक्रस सोसाईटी खैरहनी उपशाखा सभापति सानुकाजी पाण्डे,नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर अधिकारीको उपस्थिति रहेको थियो ।