प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई अस्पताल भर्ना

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई अस्पताल भर्ना

काठमाडौं, २९ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारार्थ भर्ना भएका छन् ।

शुक्रबार राति मुटुमा अचानक समस्या देखिएपछि उनलाई शनिबार सो अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनकाअनुसार सल्लाहकार डा। भट्टराईको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको छ । रासस