खैरहनीमा राहतका लागि २८ लाख खर्च ( कोषमा सहयोग दाताहरुको नामावलीसहित )

खैरहनीमा राहतका लागि २८ लाख खर्च ( कोषमा सहयोग दाताहरुको नामावलीसहित )

चैत २९ गते । खैरहनी नगरपालिकाले पहिलो चरणमा वितरण गरेको राहतको खर्च सार्वजनिक गरेको छ । नगरपालिकाको आधिकारीक फेसवुक र सर्वपक्षिय छलफलमा पहिलो चरणमा भएको खर्च विवरण सार्वजनिक गरिएको हो । स्वास्थ्य क्षेत्रवाहेक नगर भित्रका ज्यालादारी तथा विपन्न समुदायलाई वितरण गरिएको खाद्यान्नमा मात्रै २८ लाख ६० हजार ८२७ रुपैया खर्च भएको नगरपालिकाले जनाएको छ । पहिलो चरणमा ४ सय ११ क्वीन्टल चामल, ३ हजार ६५९ लिटर तेल, ३ हजार ६ सय ५९ किलो नुन र सोही वरावरकै दाल वितरण गरिएको थियो । ३ हजार ६ सय ५९ घरधुरीलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको थियो । चामलका लागि १७ लाख २६ हजार ८३० ,तेलका लागि ५ लाख ९४ हजार २२१ , दालका लागि ४ लाख ८ हजार ५२७ , नुनका लागि ७४ हजार २७७ र ज्याला,बोरा र प्याकिङका लागि ५६ हजार ९७२ रुपैया खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले वताए । पहिलो चरणमा नगरले आफ्नै रकमबाट राहत वितरण गरेको हो । त्यस्तै विभिन्न दाताहरुबाट प्राप्त सहयोग पनि नगरपालिकाले सार्वजनिक गरेको छ ।
राहत कोषमा चैत २८ गते सम्म सहयोग प्राप्त दाताहरुको विवरण –
१. श्रीकृष्ण प्रणामी मन्दिर वुढौली – रु २५००० ।
२. साना किसान कृषि सहकारी संस्था खैरहनी –रु ५०००० ।
३. नेपाल पारा भेटेरेनरी खैरहनी – रु १५००० ।
४.नेपाली काग्रेश खैरहनी नगर समिति – रु ५१००० ।
५.चेम्वर अफ कमर्स खैरहनी – १३५० थान माक्स
६. मेनका इन्जिनियरिङ अटो वर्कसप खैनपा १ – रु ५०००० ।
७. परमहंश श्री वृन्दावन स्मृति प्रतिष्ठान खैनपा १ – रु ५५५५ ।
८. उद्योग बाणिज्य संघ खैरहनी – रु १ लाख ५१ हजार साथै ५०० थान माक्स
९. सयपत्री वहुउद्धेश्यीय सहकारी संस्था खैरहनी – रु ५११५१
१०. जिल्ला प्रशासन कार्यालय भरतपुर,चितवन – ५०० थान माक्स
११.रामनाथ पाठक र मिरा खरेल खैनपा ६ – रु १११११
१२. नेकपा खैरहनी ६ नम्वर वडा कमिटि – रु ३२२७०
१३. लायन्स क्लव अफ चितवन इष्ट र लायन्स क्लव अफ चितवन इष्ट ग्रीन – ७५० किलो चामल