२४ घन्टामा ८ सय ९७ जनाको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएनन्

२४ घन्टामा ८ सय ९७ जनाको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएनन्

काठमाडौं,२९ चैत्र ।

कोरोनाको आशंकामा पछिल्लो २४ घन्टामा ८ सय ९७ जनाको नमूना परीक्षण भएको छ। उक्त अवधिमा नयाँ संक्रमित भेटिएका छैनन्।

कोरोनाको आशंकामा नेपालमा हालसम्म ४ हजार ४ सय २६ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ३ हजार ५ सय २४ जनाको नमूना परीक्षण भएको थियो।

काठमाडौंमा १५ र बाहिर ६७ गरी जम्मा ८२ जना आइसोलेसन वार्डमा भर्ना भई उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए। मुलुकभर हाल ८ हजार ८२ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

मन्त्रालयले परीक्षणको दायरा बढाएका कारण वीर अस्पतालमा पनि कोरोनाको परीक्षण सुरु भएको छ। आइतबारदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि परीक्षण सुरु गरिने डा देवकोटाले बताए।

दार्चुलामा कोरोना परीक्षणका लागि नमूना संकलन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ।