बेलायतमा कोरोनाको कारण फेरि अर्का नेपालीको मृत्यु

बेलायतमा कोरोनाको कारण  फेरि अर्का नेपालीको मृत्यु

काठमाडौं,२९ चैत्र ।

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा आज बिहान आर्मी नम्बर २११३२९०६ रहेका भूपू क्विन्स गोर्खा सिग्नल्सका स्टाफ सार्जेन्ट याम बहादुर मलको निधन भएको छ ।

 

हालसम्म कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ८ जना नेपालीको ज्यान गैसकेको छ ।

बेलायतको स्वीन्डनमा बस्दै आएका याम बहादुर मलको आज बिहान कोरोना संक्रमणका कारण निधन भएको हो ।