नारायणीमा डुबेर एक जनाको मृत्यु

नारायणीमा डुबेर एक जनाको मृत्यु

चितवन,२९ चैत्र ।

नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका -२ क्षेत्रपुर बस्ने १८ वर्षीय सनिल लामा रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर उनी बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारको गोताखोरसहितको टोलीले भरतपुर महानगरपालिका(१ जोरकुसुम पार्क नजिकै नारायणी नदिबाट उनको शव शनिबार बाहिर निकालेको हो ।