आज कोलकाता र बैंगलोर भिड्दै
प्रकाशित मिति: सोमबार, आश्विन २६, २०७७ | १३:२०:०८
काठमाडौं,२६ असोज ।
यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटअन्तर्गत आज (सोमबार) साँझ हुने खेलमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्दै छ।
सेख ज्यायद क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा हुनेछन् ।
लिगमा ६ खेल खेलेको बैंगलोर ८ अंकसहित तालिकाको चौथो स्थानमा छ । समान खेल खेलेको कोलकाता तालिकाको तेस्रो स्थानमा छ ।
लिगमा यो सिजन उपाधि दाबेदार मानिएका दुवै टोली पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले यो सिजन आईपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
यता दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकाताले पनि यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
प्रकाशित मिति : सोमबार, आश्विन २६, २०७७ |
१३:२०:०८
1959