खैरहनिमा कर्मचारी सम्मान तथा बिदाइ

खैरहनिमा कर्मचारी सम्मान तथा बिदाइ

चितवन,२७ कात्तिक । 

खैरहनी नगरपालिकाले नगरमा उत्कृष्ट ठहरिएका कर्मचारीलाई सम्मान गर्नुका साथै सरुवा भएका कर्मचारीलाई बिदाइ गरेको छ । बिहिवार एक कार्यक्रमका ३ जना कर्मचारीलाई सम्मान,सरुवा भएका ४ जना कर्मचारी र सेवा निबृत भएका ५ जना कर्मचारीलाई बिदाइ गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव रुद्र प्रसाद शर्मा, वडा नम्बर १ का सचिव निर्मला कुमारी अधिकारी र कार्यालय सहयोगी भगवती अर्याललाइ सम्मान गरिएको हो ।

No description available.निजामती कर्मचारी सेवा दिवसका अवसरमा उनिहरुलाइ उत्कृष्ट कर्मचारी घोषणा गरिएको थियो । खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरी ,उपप्रमुख सुनिता थपलिया र प्रमुख प्रशाशकिय अधिकृत पुरुषोत्तम शर्माले प्रंशसा पत्र प्रदान गर्दै माला लगाइ दोसल्ला ओढाएर सम्मान गरे । त्यस्तै खैरहनिबाट सरुवा भएका स्थानीय शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्याल , वडा नम्बर ३ का वडा सचिव बिक्रम सुबेदीलाइ बिदाइ गरियो । सरुवा भएका नायब सुब्बा बाबुराम जैसी र लेखा अधिकृत केशब बराल भने अनुपस्थित थिए । यसै गरि नगरपालिकाबाट सेवा निबृत भएका गोविन्द प्रसाद तिमल्सिना ,कोपिला परियार,लोकनाथ आचार्य ,हरिलाल अधिकारी , नरनाथ आचार्यलाई मायाको चिनो सहित बिदाइ गरिएको थियो।

 

कोरोना भाइरस संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै स्थगित कार्यक्रम शुभ दिपावलिको अवसर पारेर राखिएको स्थानीय शिक्षा अधिकारी राजु बानियाले बताए । सोही अवसरमा शुभ दिपावली ,छठ पर्व र नेपाल संम्बतको शुभकामना आदान प्रदान समेत गरिएको थियो । नगर प्रमुख लालमणी चौधरीले तिहार,छठ लगायत पर्व स्वास्थ्यको ख्याल राख्दै मर्यादित रुपमा मनाउनका लागि प्रेरित गर्न जनप्रतिनिधि ,कर्मचारीहरुलाइ आग्रह गरे । नगर प्रमुख चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा,पुर्व स्थानीय शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्याल ,लेखा अधिकृत केशव हुमागांइ,सिनियर अहेव रुद्र शर्माले मन्तव्य राखेका थिए ।