उपाध्यक्षका उम्मेदवार हरि अधिकारी – प्राबिधिक सहायक देखि सफल ब्यवसायी सम्म

उपाध्यक्षका उम्मेदवार हरि अधिकारी – प्राबिधिक सहायक देखि सफल ब्यवसायी सम्म

चितवन, मंसिर २७ गते ।

रत्ननगर उद्योग बाणिज्य संघको चुनाब संघारमा छ । व्यवसायीहरुमा चुनावी चटारो छ । चुनाबको दिन नजिकिए संगै उम्मेदवारहरु पनि घरदैलो गर्दै मत माग्न ब्यस्त छन । आगामी कार्यकालका लागि संघको उपाध्यक्ष मध्यका एक उम्मेदवार हुन हरि प्रसाद अधिकारी । उनी एसोसिएट उपाध्यक्ष पदका उम्मेदवार हुन । रत्ननगर १ घर भएका पुराना एवं स्थापित व्यवसायीको रुपमा परिचित छन् अधिकारी । सरल, निडर, सहयोगीपन, आत्मीयता र सामाजिक व्यक्तित्वको रुपमा युवा व्यवसायी अधिकारीको रत्ननगरमा भिन्नै पहिचान छ ।

व्यवसायिक हित र विकास लागि समृद्ध पूर्वी चितवन मेरो पूर्वी चितवन भन्ने आर्थिक रणनितिसहित उम्मेदवारी दिएका छन् । आईकम सम्मको अध्ययन पुरा गरेका अधिकारीले मध्यम परिवारभएकै कारण पढाईलाई निरन्तरता दिन नसके पनि २०५० सालमा चितवनको रत्ननगरमा झरेर केहि समय तत्कालिन रत्ननगर गाविसमा २०५१ देखि ५४ सम्म प्राविधिक सहायक र रत्ननगर नगरपालिका भएपछि २०६० देखि २०६४ सम्म प्रशासन शाखाका रहेर काम गरेको अनुभव पनि सगाले । यो विच जागरि भन्दा आफै केहि गरौंँ भन्ने भावका साथ २०६५ देखि व्यवसायी सुरु गरे । उनले किराना व्यवसायबाट सुरु गरेको व्यवासयीक यात्रा अहिले पोल्टी, खाद्यान्न होलसेल, क्रसर उद्योग र होटल व्यवसायसहित विभिन्न आधा दर्जन व्यवसाय गरिरहेका छन् भने विभिन्न सामाजिक संघसंस्थामा पनि उतिकै सक्रिय छन् ।

अधिकारीको व्यवसायीको बिचमा अलग पहिचान छ । उनले व्यवसायी हकहितका लागि गुट उपगुट अन्त्य गर्दै अगाडी बढ्नुपर्ने तर्क गर्दछन् । रत्ननगरको पुरानो टाँडी बजारलाई व्यवस्थित गर्दै कृषि र पर्यटन मात्र अगाडी बढ्ने योजना आफ्नो टिमको हरेको बताए । साना ठुला सबै व्यवसायलाई समान रुपमा हेर्दै व्यवसाय प्रर्वद्धन हुने खालका कार्यक्रम आफुले अगाडी सार्ने उनले बताए । उनले रत्ननगर मेरो पहिचान, सौराहा मेरो सम्मान, व्यवसायिक कृषि मेरो स्वाभिमान, औद्योगिक सुरक्षा मेरो अभियान, सम्पूर्ण व्यवसायी मेरो भगवान भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका हुन् । उवासंघको हरेक कार्यक्रममा उनको सक्रिय भूमिका देखिदै आफ्नो कार्यकालमा एशोसेट संघलाई मजबुद बनाएका थिए । उनले विगत आधा दशकदेखि संघका विभिन्न पदमा रहेर कुशलतापूर्वक आफ्नो भूमिकासगै व्यवसायीक एकता, हित र प्रवर्दनमा अलग खालको पहिचान बनाएका छन् भने यहि कारण पनि उनी व्यवसायी माझमा निकै लोकप्रिय मानिन्छन् ।

गौरवशाली ईतिहास बोकेको उवासंघ रत्ननगरमा विभिन्न कालखण्डमा यस संघलाई निरन्तर योगदान गर्नुहुने धेरै जना हुनुहुन्छ । नेतृत्वको लागि आकांक्षा राख्नु सामान्य कुरा हो उनले भने – निजि क्षेत्रको छाता संघको रुपमा समेत रहेको यस संस्थामा कुनै पनि राजनैतिक, जातिय, वर्गाीय र धार्मीक लगायतका आधारमा नेतृत्व वा गुटबन्दी हुनु राम्रो होईन । यसपटक उनको उम्मेदवारी काङ्ग्रेस सहित दल निकटका ब्यवसायिहरुको प्यानलबाट हो ।