रत्ननगरको नगर सभा,विभिन्न कार्यविधि पारित

रत्ननगरको नगर सभा,विभिन्न कार्यविधि पारित

माघ २९ गते । रत्ननगर नगरपालिकाको छैटौ नगर सभाले तीन वटा कार्यविधिसहित विभिन्न प्रस्ताव पारित गरेको छ । नगरपालिकाको बुधवार सम्पन्न नगर सभाले वजार व्यवस्थापन कार्यविधि,टोल विकास संस्था संचालन कार्यविधि र नगर प्रमुख उद्यमशीलता प्रवद्र्धन कोष संचालन कार्यविधि पारित गरेको नगर प्रमुख नारायण वनले वताए । नगर प्रमुख वनको अध्यक्षतामा भएको सभामा विद्यायन समितिका संयोजक तीलकराज शर्मा पौडेलले कार्यविधि छलफलका लागि पेश गरेकोमा सवै कार्यविधि सर्वसम्मत पारित भएको थियो । त्यस्तै विधायन समिति संयोजक पौडेलबाट स्वास्थ्य संस्था दर्ता,अनुमति तथा नविकरण सम्वन्धी निर्देशिका समेत सभामा पेश भएको थियो । सभामा नगर उपप्रमुख विमला दुवाडीले करको दर छुट र आर्थिक वर्ष २०७६÷७७ को राजस्व,वजेट तथा कार्यक्रमको प्रगति विवरण पेश गरेकी थिईन् । पूर्वाधार विकास समिति संयोजक एवंम् रत्ननगर १४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठले योजना तथा कार्यक्रमको रकमान्तर÷शीर्षकान्तर प्रस्तुत गरेका थिए । विभिन्न वडागत ७१ वटा योजना तथा कार्यक्रमलाई वजेटमा हेरफेर नहुने गरि शीर्षकान्तर गरि ७९ वटा पुर्याईएको छ । वडा नम्वर ३ ,१०,१३ र १६ वाहेक अन्य वडाहरुले योजना शीर्षकान्तर गरेका पूर्वाधार समिति संयोजक श्रेष्ठले वताए ।