श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
प्रकाशित मिति: बिहिबार, फाल्गुण २९, २०७६ | १३:०१:०३
काठमाडौं,२९ फागुन ।
काठमाडौंको दक्षिणकालीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला खोटाङ पौवापोखरी गाउँपालिका वडा नम्बर ३ घर भई दक्षिणकाली नगरपालिका वडा नम्बर २ पातिंगल बस्ने ३५ वर्षीय नवीन राई रहेका छन्।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख छेदीलाल कामतीका अनुसार गत सोमबार राईले आफ्नी ३३ वर्षीया श्रीमती पुष्पा राईलाई कुटिपट गरी सडकको किनारमा फालेका थिए।
भोलिपल्ट बिहानै उनी मृत फेला परेकी थिइन्। उनको मुख र टाउकोमा चोट लागेको थियो। राईले मृतकको शवलाई कोठामा ल्याएर राखेका थिए। प्रहरीले कोठाबाट शव फेला पारेको कामतीले बताए ।
प्रहरी नायब उपरीक्षक कामतीले राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताए। राई विगत लामो समयदेखि बंगुर फार्ममा रेखदेख गर्दै आइरहेका थिए।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २९, २०७६ |
१३:०१:०३
2377