महेन्द्रनगरमा आफ्नै बाबुले गरे छोराको हत्या

कञ्चनपुर,२९ फागुन ।

कञ्चनपुरको महेन्द्रनगरमा आफ्नै बाबुले छोराको हत्या गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।

घटनापछि जनप्रतिनिधि घटनास्थलमा नगएको भन्दै बिहीबार स्थानीयले भीमदत्त नगरपालिका–२ स्थित वडा कार्यालय घेराउ गरेका छन् ।

उनीहरुले स्थानीय प्रशासनको लापरबाहीका कारण घटना भएको आरोप लगाएका छन् ।

भीमदत्त नगरपालिका–२, उल्टाखाम बस्ने ५२ वर्षीय डम्मर चन्दले बुधबार राति कैंची प्रहार गरी १३ वर्षीय छोरा सुवर्ण चन्दको हत्या गरेका थिए ।

भान्सामा पिठो मुछिरहेको बेला बाबुले कैंची प्रहार गर्दा गम्भीर घाइते भएका सुर्वणको महाकाली अस्पतालमा उपचार गर्न लैजाँदै गर्दा बोटोमै ज्यान गएको थियो ।

सुवर्णले गएको बिहीबार आफ्नै दाजुलाई टाउकोमा काठको टुक्राले हिर्काएर घाइते बनाएका थिए ।