कोरोनाभाइरस : भारतमा ७३ जनामा संक्रमण,३० हजार मानिस निगरानीमा

कोरोनाभाइरस : भारतमा ७३ जनामा संक्रमण,३० हजार मानिस निगरानीमा

नयाँ दिल्ली,२९ फागुन ।

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ७३ जना पुगेको छ । भारतका केन्द्रीय स्वास्थ्य मन्त्री डा। हर्षवर्धनले संसदलाई दिएको जानकारीअनुसार कोरोनाको रोकथामका लागि केन्द्र सरकारले राज्य सरकारहरुसँग लगातार सम्पर्क गरिरहेको छ ।

उनले सांसदहरुलाई समेत कोरोना संक्रमणका बारेमा जागरुकता फैलाउन आग्रह गरे । विदेशबाट भारतमा आउने सबै मानिसलाई थर्मल स्क्रिनिङ्ग गर्न थालिएको जानकारी दिदैँ उनले संक्रमण पत्ता लगाउन थर्मल स्क्रिनिङ्गमात्र पनि पर्याप्त भने नहुने बताए ।

उनले ३० हजार नागरिकलाई निगरानीमा राखिएको जानकारीसमेत दिए । कोरोनाको परीक्षण जुनसूकै ल्याबमा हुन नसक्ने भएकाले देशभर थप १५ वटा ल्याब स्थापना गरी नमूना परीक्षण भइरहेको उनको भनाइ थियो ।