उदयपुरबाट विप्लव समूहले जबर्जस्ती लगेकी किशोरीको उद्धार, १४ कार्यकर्ता पक्राउ

काठमाडौं,२९ फागुन ।

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले धनुषाबाट जबर्जस्ती लगेकी एक किशोरीलाई उदयपुरबाट प्रहरीले उद्धार गरेको छ। किशोरी उद्धार गर्नेक्रममा प्रहरीले विप्लव समूहका १४ जना कार्यकर्तासमेत पक्राउ गरेको छ।

उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर बुढाले धनुषाबाट विप्लव समूहले जबर्जस्ती आफूसँग लगेकी १५ वर्षीया गीता मोक्तानलाई कटारीबाट उद्धार गरेको जानकारी दिए।

किशोरीको उद्धार गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १५ जना विप्लव समूहका कार्यकर्तालाई ३ वटा हतियारसहित पक्राउ गरेको बुढाले बताए।

पक्राउ परेकाहरुलाई धनुषा पठाउने तयारी भएको बुढाले जानकारी दिए। मोक्तान परिवारले विप्लव समूहले जबर्जस्ती छोरीलाई साथमा लिएर गएको खबर गरेपछि प्रहरी परिचालन भएको थियो।