कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरका लेखापरीक्षक र नासु घूस रकमसहित पक्राउ

कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरका लेखापरीक्षक र नासु घूस रकमसहित पक्राउ

काठमाडौं,२९ फागुन ।

कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

पन्थीले अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुबाट काम सहज गरिदिए बापत घुस मागेको उजुरी परेपछि अख्तियारले पन्थी र लेखापरीक्षक श्रेष्ठलाई पक्राउ गरेको हो ।

पन्थी र श्रेष्ठबीच घुस बापतको ५ हजार लिने दिने क्रममा उक्त रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।