नारायणी अस्पतालको आइसोलेसनमा रहेका तीन भारतीयमा कोरोना संक्रमण भएको पुष्टि

नारायणी अस्पतालको आइसोलेसनमा  रहेका तीन भारतीयमा कोरोना संक्रमण भएको पुष्टि

काठमाडौँ,३० चैत

वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा आइसोलेसनमा राखिएका तीनजना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

उनीहरुमा शनिबार हेटौँडा अस्पतालमा परीक्षण गर्दा कोरोना भाइरस देखिएपछि थप परीक्षणका लागि शनिबार नै काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याइएकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडा स्थित प्रयोगशालाले जानकारी दिएको हो ।

भारतको उत्तर प्रदेशका उनीहरु उनीहरु तीनैजना मुस्लिम धर्मका प्रचारक धार्मिक गुरु हुन्। उनीहरु केहीदिनअघि दिल्लीमा भएको तब्लगी जमातमा सहभागी भई फर्किएको आशंका गरिएको छ । स्थानीयका अनुसार उनीहरु ९÷१० दिन पहिलादेखि वीरगन्ज–२ छपकैयाको मस्जिदमा बस्दै आएका थिए।

रुघा खोकी लागेको भन्दै मस्जिदमा रहेका ३५ जना बिहीबार आफैं वीरजन्गको नाराण्यणी अस्पताल गएका थिए । नारायणी अस्पतालले उनीहरुलाई अस्पतालको आइसुलेसनमा बस्न भने पनि नमानी मस्जिदमै गएको अस्पतालले जनाएको छ। हेडौंडाको परीक्षण रिपोर्ट शंकास्पद आएपछि उनीहरुलाई प्रहरीले शुक्रबार साँझ मस्जिदबाट नियन्त्रणमा लिई नारायणी अस्पतालको आइसुलेसन राखेको हो ।

यी तीनसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या १२ पुगेको छ। यीमध्ये दुईजना टेकु अस्पतालमा छन् भने दुईजना बाग्लुङमै उपचाररत छन्। चार जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। तीनजना नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा छन्। एक जना सञ्चो भएर घर फर्किसकेका छन्।