लेनदेनमा कुरा नमिलेपछि कुटेर छिमेकीको हत्या

लेनदेनमा कुरा नमिलेपछि कुटेर छिमेकीको हत्या

काठमाडौं,३० चैत्र ।

छिमेकीको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ परेका छन् । ईन्द्रसरोवर गाउँपालिका ४ थाखेलका ३२ वर्षीय प्रदिप डिम्दुङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

लेनदेनको विषयलाई लिएर प्रदिप र ३५ वर्षीय भक्त बहादुर गोलेको समूहले सोही ठाँउ बस्ने ४० वर्षीय जितबहादुर पाख्रीनमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका पाख्रीनको ललिपपुरस्थित स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पाख्रीनको मृत्यु भएपछि प्रहरीले प्रदिपलाई पक्राउ गरेको हो ।

कुटपिटमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।