भारतमा मौलानाहरूले कोरोना फैलाए, नेपालमा पनि तिनै मौलानाले फैलाउने भए

काठमाडौं,३० चैत्र ।

खुला सीमाका कारण भारतबाट लुकिछिपी प्रवेश गर्ने भारतीयकै कारण नेपालमा कोरोना भाइरसको महामारी फैलदे धेरैअघिदेखि चेतावनी दिइँदै आएको थियो । तर, सरकारले यसप्रति आँखा चिम्लियो । सप्तरीमा मुस्लिम धार्मिक भेला गर्न दिएर खेलाँची गरेकै हो । अहिले त्यही धार्मिक भेलामा सहभागी भएका तीन भारतीयका कारण नेपाल कोरोनाको उच्च जोखिममा परेको छ ।

वीरगन्जमा देखिएको यो झिल्कोले प्रदेश २ मा पूरै आगो लगाउने आशंका गरिएको छ । दुई महिनादेखि ती भारतीय नागरिकलाई नेपालमा किन बस्न दिइयो ? उनीहरू कहाँ कहाँ पुगे रु क–कसलाई भेटे रु त्यसको कन्ट्याक्ट ट्रेसिङ गरिएको छैन ।

भारतमा मुस्लिक मौलानाहरूले नै कोरोनाभाइरसको प्रकोप फैलाएका हुन् । त्यहाँ मृत्यु हुनेको संख्या झन्डै तीन सय पुगिसकेको छ । आठ हजार संक्रमित पुगिसकेका छन् । नयाँ दिल्लीमा तबलगी जमाती मुस्लिम भेलामा सहभागी भएका दुई हजार बढीलाई ‘कोरोना बम’ को संज्ञा दिइएको छ । भारतीय मिडिया मात्र होइन, केन्द्र सरकार पनि तबलगी जमाती मुस्लिम मौलानाहरूविरुद्ध कठोर बनेको छ ।

तर, नेपालमा भने आरामले छुट दिइएको छ । सप्तरीको मुस्लिम धार्मिक भेलामा सहभागी भएका थुप्रै मुस्लिम मौलाना अहिले पनि नेपालका विभिन्न मस्जिदमा लुकेर बसेको बताइएको छ । सोही कारण मस्जिदमा पनि छापा मार्न सरकारमाथि दबाब बढेको छ ।

तीन दिनअघि मात्र रौतहटमा मस्जिदमा नवाज पढ्न लागेका मुस्लिम धर्मावलम्बीलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको थियो । त्यसैले वीरगन्जबाट सुरु भएको कोरोनाको आगोले पूरै देश नै सल्किन सक्ने नागरिकमा चिन्ता बढेको छ ।

 

क्यानाडानेपालबाट साभार