कोरोना अपडेट : मर्नेको संख्या एक लाख ९ हजार नाघ्यो, १७ लाख ८७ हजार बढी संक्रमित

कोरोना अपडेट : मर्नेको संख्या एक लाख ९ हजार नाघ्यो, १७ लाख ८७ हजार बढी संक्रमित

काठमाडौं,३० चैत्र ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ )को कारण यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख ९ हजार ६ सय ९१ जना मानिसको मुत्यु   भएको छ । १७ लाख ८७ हजार ७ सय ६६ जना मानिस कोरोना भाइरसबाट संक्रमित छन्  ।  ४ लाख ११ हजार ५९० निको भएर घर फर्किएका छन् ।

चीनमा उपचारपछि निको भएर घर फकिनेको संख्या ७७ हजार ५ सय ७५ पुगेको छ। स्पेनमा ५९ हजार १ सय ९ जना मानिस निको भएर घर फर्किसकेका छन्।

जर्मनीमा ५७ हजार ४ सय निको भएर घरफर्किसकेका छन्।

अमेरिकामा ३० हजार ५ सय २ जना मानिस उपचार पनि निको भएर घर फर्किसकेका छन्।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर १७ लाख ८७ हजार ७ सय ६६ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।

अमेरिकामा संक्रमितको संख्या ५ लाख ३० हजार ६ पुगेको छ।

स्पेनमा १ लाख ६३ हजार २७ जना मानिस संक्रमित भएका छन्। इटालीमा १ लाख ५२ हजार २ सय ७१ जना संक्रमित भएका छन्।

जर्मनीमा संक्रमितको संख्या १ लाख २५ हजार ४ सय ५२ पुगेको छ।

सबै भन्दा बढी मुत्यु हुने देश कुन देशमा कति

अमेरिकामा मुत्यु हुनेको संख्या २० हजार ५ सय ८० पुगेको छ।

इटालीमा १९ हजार ४ सय ६८ जनाको मुत्यु भइसकेको छ।

स्पेनमा १६ हजार ६ सय ६ जनाको मुत्यु भएको छ।

फ्रान्समा मुत्यु हुनेको संख्या १३ हजार ८ सय ३२ पुगेको छ।

युकेमा ९ हजार ८ सय ७५ जनाको मुत्यु भइसकेको छ।

इरानमा ४ हजार ३ सय ५७ जनाको मुत्यु भएको छ।

बेल्जियममा ३ हजार ६ सय जनाको मुत्यु भइसकेको छ।

चीनमा ३ हजार ३ सय ३९ जनाको मुत्यु भएको छ ।

जर्मनीमा २ हजार ८ सय ७१ जनाको मुत्यु भएको छ।

नेदरल्याण्डमा २ हजार ६ सय ४३ जना मानिसको मुत्यु भइसकेको छ।