खैरहनी नगरपालिकालाई चामल र औषधी सहयोग

खैरहनी नगरपालिकालाई चामल र औषधी सहयोग

चैत ३० गते । चितवन उद्योग संघले खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकालाई राहत प्रदान गरेको छ । संघले जिल्ला भित्र रहेका सात पालिका मध्ये आईतवार यि दुई पालिकालाई राहत स्वरुप चामल,अण्डा र सेनेटाईजर सहयोग गरेको हो । खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकालाई साँढे २२ क्वीन्टल चामल,१५० क्रेट अण्डा र २४ लिटर सेनेटाईजर सहयोग गरेको संघका अध्यक्ष राजु पौडेलले वताए । पौडेलको नेतृत्वमा आएको संघको टोलीले दुवै नगरपालिका प्रमुखलाई राहतको पत्र हस्तान्तरण गरे । संघका अध्यक्ष पौडेलले दुखमा स्थानीय तहसंग सहकार्य गरेको वताए । चितवन उद्योग संघ खैरहनी इकाई अध्यक्ष प्रतिभा श्रेष्ठले खैरहनी नगरपालिकासंग संघले विभिन्न कार्यक्रममा सहकार्य गरे जस्तै प्रकोपको वेला सहयोग गरेको वताईन् । खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले सवैको सामुहिक प्रयासबाट विपदलाई परास्त गर्न सकिने भन्दै संघलाई सहयोगका लागि धन्यवाद दिए । संघले यसअघि जिल्लाको माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा राहत प्रदान गरिसकेको छ । यसैबीच आईतवारनै खैरहनी नगरपालिकालाई आर्शिवाद हेल्थ क्लिनिकले औषधी सहयोग गरेको छ । क्लिनिकले २० वक्स साईनेक्स सहयोग गरेको हो । क्लिनिकका संचालक वसुन्धरा दुवाडीले नगरपालिकामै आएर औषधी प्रदान गरेकी थिईन् ।