खैरहनीमा गाँजा सहित दुईजना पक्राउ

खैरहनीमा गाँजा सहित दुईजना पक्राउ

चितवन , ३० चैत।
चितवनको खैरहनीबाट प्रहरीले गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर ५ सलौलीबाट प्रहरीले ५ सय ५५ ग्राम अवैध लागुऔषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको हो ।

प्रहरीले रत्ननगर १ सौराहाचोक निवासी बर्ष २८ को बिष्णु महतो र बर्ष २९ को राजेश चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । उनीहरु सवार प्रदेश ३–०३–००१ प ६२०० नम्बरको मोटरसाइकल रोकि खानतलासी गर्दा उनीहरुले बोकेको झोलामा गाँजा फेला परेको प्रहरी निरिक्षक मगरले बताए ।