पोखराबाट आएका मजदुर राप्तीको क्वारेनटाईनमा

पोखराबाट आएका मजदुर राप्तीको क्वारेनटाईनमा

चैत ३० गते । स्थानीत तहले वनाएका क्वारेनटाईन प्रयोग विहीन भईरहेको समाचार आईरहेका वेला राप्ती नगरपालिकाको क्वारेनटाईनमा हालै ५ जना वसेका छन् । यसअघि री राप्तीले वनाएको क्वारेनटाईन खाली थियो । राप्ती नगरपालिका भित्र वस्ने विदेशबाट आएकाहरुलाई लक्षित गरिन नगरपालिकाले गड्यौली स्थित वुद्धशान्ती माध्यमिक विद्यालयमा ३३ वेडको क्वारेनटाईन वनाएको छ । तर विदेशबाट आएकाहरु परिवारमा घुलमिल भईसकेकाले उनीहरुलाई त्यहाँ राख्न संभव नभएको हो । विदेशबाट आएकाहरुको धेरैको होम क्वारेनटाईनको अवधि सकिसकेको राप्ती नगरपालिका उपमेयर इमानसिंह लामाले वताए । अहिले पोखरामा मजदुरी गर्नेहरु नगर भित्र प्रवेश गरेकाले उनीहरुलाई सो क्वारेनटाईनमा राखिएको उपमेयर लामाले वताए । क्वारेनटाईनमा पाँच जना वसेका छन् । उनीहरु कसैलाई ज्वरो नआएपनि वाहिरी जिल्लाबाट आएकाले क्वारेनटाईनमा राखिएको उनले स्पष्ट पारे ।

चार दिन अघि उनीहरु पोखराबाट यहाँ आएका थिए । उनीहरु सवैका लागि क्वारेनटाईनमा खाना सहित सवै किसिमको व्यवस्था मिलाईएको उपमेयर लामाले वताए ।