बलिउड निर्देशक साजिद खानमाथि यौन शोषणको आरोप

बलिउड निर्देशक साजिद खानमाथि यौन शोषणको आरोप

मुम्बई, २८ भदौ

बलिउड निर्देशक साजिद खानमाथि यौन शोषणको आरोप लगाएको छ । उनलाई मोडल डिम्पल पालले यौन उत्पिडनको आरोप लगाएकी छिन् । , साजिदले उनलाई गलत तरिकाले छुनुका साथै चलचित्र ‘हाउसफूल’मा काम दिन्छु भन्दै आफ्नो अगाडि सबै कपडा खोल्न लागएका आरोप डिम्पलले लगाएकी छिन् ।

‘सबैसँग फिल्म इन्डस्ट्रीमा गडफादर हुँदैन र परिवारका लागि कमाउनु पर्ने हुन्छ । यसैले कतिपय अवस्थामा चुप बस्नु पर्ने हुन्छ । अब मेरो परिवार मेरो साथमा छैनन्, म आफूलाई मात्र कमाइरहेकी छु र अब म हिम्मत गर्न सक्छु कि साजिद खानले मलाई १७ वर्षको उमेरमा ह्यारेसमेन्ट गरेको डिम्पलले बताएकी छिन ।

सन् २०१८ मा विश्वभर ‘मि टू’ अभियान चल्दा पनि बलिउड निर्देशक साजिद खानमाथि ४ जना मोडलले यौन उत्पिडनको आरोप लगाएका थिए ।