लुम्बिनी प्रादेशिक अस्पतालले २५ सयमै पीसीआर परीक्षण गर्ने

लुम्बिनी प्रादेशिक अस्पतालले २५ सयमै  पीसीआर परीक्षण गर्ने

बुटवल,२८ भदौ 

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा  २ हजार ५ सय रुपैयाँमा कोरोना परीक्षण हुने भएको छ ।अस्पतालले दैनिक परीक्षण संख्या बढाइ दैनिक ४ सयदेखि ५ सयको पीसीआर परीक्षण गर्ने जनाएको छ ।

अस्पतालका मेसु राजेन्द्र खनाल सोमबारदेखि २५ सय रुपैयाँमा कोरोना जाँच गर्न सकिने बताए ।  अस्पतालले संकास्पद फिभर क्लिनिकमा आएका विरामी भर्ना भएका विरामीको भने पीसीआर निशुल्क गर्दै आएको छ ।

अस्पतालको प्रयोगशालाले अहिलेसम्म १२ हजार ९ सय पीसीआर जाँच गरिसकेको छ । पछिल्लो समय बुटवलमा कोरोना संक्रमण तीब्र भएको छ । यसअघि अस्पतालले पहिलो पटक ५ हजार ५ रुपैयाँमा परीक्षण भएको थियो भने पछिल्लो समय ४ हजार ४ सय रहेको छ ।