पत्रकार खनाल र समाजसेवी गजुरेललाई सम्मान

पत्रकार खनाल र समाजसेवी गजुरेललाई सम्मान

पुष २८ गते । खैरहनी नगरपालिकामा रहेको उत्प्रेरणा वचत तथा ऋण सहकारी संस्थाले खैरहनीका समाजसेवी मुरली प्रसाद गजुरेल र पत्रकार धु्रवराज खनाललाई सम्मान गरेको छ । संस्थाले आफ्नो सातौ वार्षिक साधारण सभाको अवसरमा सोमवार गजुरेल र खनाललाई सम्मान गरेको हो । साथै पूर्व सहकारी निरीक्षक मिष्टरबाबु घिमिरेलाई पनि सम्मान गरिएको छ । सामाजिक,शैक्षिक र सहकारीका क्षेत्रमा पुर्याएको योगदानको मुल्यांकन गर्दै उनीहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा कर्जा तर्फ उत्कृष्ठ कारोवार गर्ने ३ जना र निक्षेप तर्फ उत्कृष्ठ कारोवार गर्ने ३ जनालाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि खैरहनी ८ का वडाध्यक्ष टेकवहादुर थापा र संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष अधिकारीले भावी कार्यक्रम तथा व्यवस्थापक सुजाता खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।