सवारी दुर्घटना न्युनिकरणमा गंभीर हुन आवश्यक

सवारी दुर्घटना न्युनिकरणमा गंभीर हुन आवश्यक

पुष २८ गते । रत्ननगर महोत्सवको अवसर पारेर सोमवार सवारी दुर्घटना न्युनिकरण सम्वन्धी अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ । रत्ननगर रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको दुर्घटना न्युनिकरण सम्वन्धी अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाहरुले सवारी दुर्घटना भयावह वन्दै गएको भन्दै न्युनिकरणका लागि सवै पक्ष गंभीर हुनु पर्ने औल्याए । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले चितवनमा सवारी दुर्घटना डरलाग्दो रुपमा रहेको वताए । सडक अतिक्रमण , सडकमा हुने खाल्डाखुल्डी,सवारीको अवस्था,तीव्र गतिमा सवारी चलाउने प्रवृत्तीका कारण पनि सवारी दुर्घटना वढीरहेको प्रजिअ भट्टराईले वताए । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले काठमाडौ पछि चितवनमा सवारीको चाप वढ्दा दुर्घटना भईरहेको वताए । चितवनको भरतपुर क्षेत्र र पूर्व पश्चिम राजमार्गमा अत्याधिक रुपमा सवारी दुर्घटना भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले वताए । रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष एवंम् रत्ननगर महोत्सवको तालिम,गोष्ठी तथा सेमीनार समिति संयोजक शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक प्रकाश रानाभाट र नासा नेपालका प्रतिनिधी गोविन्द भट्टराईले सवारी दुर्घटना अवस्था,न्युनिकरणको प्रयास र यातायात व्यवस्थापनका बारे सहजीकरण गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रत्ननगरका प्रतिनिधी हुतराज पन्त,रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।