खिचरा डान्स आइडलमा १२ जना तेस्रो चरणमा

खिचरा डान्स आइडलमा १२ जना तेस्रो चरणमा

चितवन , २८ पौष।

खैरहनीमा जारी सातौं खिचरा महोत्सव–२०७६ अन्तरगत भइरहेको ‘खिचरा डान्स आइडल’ मा १२ जना प्रतियोगी तेस्रो चरणमा प्रवेश गरेको छ ।

खिचरा महोत्सवमा आज भएको दोस्रो चरणको प्रतिस्पर्धाबाट १२ जना तेस्रो चरणमा पुगेका हुन् । छनौट हुनेहरुमा रविना श्रेष्ठ, खुशी सुवेदी, एके ४७ ग्रुप, आशिष चौधरी, मञ्जिता आले, जेनिशा प्रजा रहेका छन् । यस्तै मनिका तामाङ, दिपिका चौधरी, स्मृती भण्डारी, सारिका पुन, दर्शना गान्धारी र अभिषेक चौधरी रहेका छन् । छनौट भएका १२ जनाबीच माघ २ गते प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक हरिशरण चौधरीले जानकारी दिए । सो प्रतिस्पर्धाबाट अन्तिम पाँच जना छनौट गरिने र उनीहरुको भोटिङ आधारमा विजेता छनौट हुने संयोजक चौधरीले बताए ।