कर्मचारी हाजिर गराउन नमान्ने चितवनको कालिका सहित ३५ पालिकाको अनुदान कट्टा

कर्मचारी हाजिर गराउन नमान्ने चितवनको कालिका सहित ३५ पालिकाको अनुदान कट्टा

चितवन, २८ मंसिर ।
समायोजनमा परेका कर्मचारीलाई हाजिर गराउन नमान्ने चितवनको कालिका सहित ३५ पालिकाको अनुदान रकम कट्टा हुने भएको छ । सरकारले समोजन गरेर पठाएको अधिकृतस्तरको कर्मचारी प्रताप बस्नेतलाई कालिका नगरपालिकाले हाजिर गर्न दिएको थिएन ।

बस्नेतलाई हाजिर नगराएपछि ०७७ साउनदेखि ०७७ चैत सम्म लाग्ने उनको तलब भत्ता (चाडपर्व खर्च र पोशाक समेत) को रकम पाँच लाख २८ हजार ५३१ रुपैयाँ कट्टा गर्न संघिय मामिला तथा स्थानिय प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । कर्मचारी हाजिर नगराउने कालिका सहित ३५ पालिकाको तलब भत्ता बापतको एक करोड ८८ लाख १८ हजार रुपैयाँ कट्टा गरिने भएको हो ।

संघिय सरकारले समायोजन गरेर पठाएका ४५ जना कर्मचारीहरुलाई पालिका र प्रदेश सरकारले हाजिर गराउन मानेका थिएनन् । तलब बराबरको अनुदान कट्टा गर्ने मंसिर १० गतेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको थियो ।

समायोजनमा परेका कर्मचारीलाई हाजिर गराउन नमान्ने पालिकाको विवरण

MOFAGA_Notice_20201213060535